पोखराको सुन्दरतामा ध्यान दिन्छौं: गठबन्धन

पाेखरा | कात्तिक २६, २०७९

पोखराको सुन्दरतामा ध्यान दिन्छौं: गठबन्धन

पोखराः   कास्की क्षेत्र नम्बर २ बाट उम्मेद्वार बनेका नेताहरुले पोखराको सुन्दरतामा ध्यान दिने बताएका छन् ।  

 

शनिबार पोखरा १७ घारीपाटनमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा कास्की २ का उम्मेदवार श्रीनाथ बरालले पोखराको सौन्दर्यीकरणमा ध्यान दिने बताए । 

 

कास्की २ भित्र पोखरा महानगरका ११ वटा वडा मात्र पर्ने भएकाले पोखरा सौन्दर्यतामा आफूहरुको विषेश ध्यान जाने उनले सुनाए । ‘पछिल्लो समय पोखरामा भिडभाड बढेको छ । काठमाडौं, बुटवल, र नारायणगढ लगायत शहरबाट पोखरामा गाडीहरु थुप्रने गरेका छन्,’ उनले भने, ‘पोखरामा नयाँ विमानस्थल बनेको अवस्थामा बाईबास रोड बनाउने र पोखरालाई सफा सुन्दर राख्ने कुरामा ध्यान दिनेछौं ।’ पोखराको मुख्य समस्या फोहर व्यवस्थापन रहेकाले ल्याण्डफिल बनाउन पोखरा महानगरलाई सहयोग गर्दै पोखरालाई सफा र सुन्दर राख्ने प्रतिवद्धता जनाए । 

 

यसबाहेक भूमिहीन दलित, भूमिहीन सुकुुम्वासी र अव्यवस्थीत बासोबासीको समस्या समाधान गर्ने बताए । पोखराका केही क्षेत्र कृषिका लागि योग्य भएकाले पनि कृषिमा आधुनिकीकरणमा ध्यान दिने उनले बताए । स्वरोजगार, तालिम, पर्यटन, साना घरेलु उद्योग, विना भेदभाव विकासका काम लगायतमा ध्यान दिने उनले बताए । यसका लागि मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन उनको आग्रह थियो । 

 

गठबन्धनबाट कास्की २ (क) का उम्मेदवार विश्व प्रकाश लामिछानेले व्यवस्था परिवर्तन भए अनुसार अबस्था परिवर्तन गर्न गठबन्धनले जित्नुपर्ने बताए । 

 

 यसैका लागि आफूहरु गठबन्धन गरेर आएको उनले बताए । आफ्नो क्षेत्रमा विजयी भएमा स्वास्थ्य र शिक्षासँगै विकास निर्माणका काममा ध्यान दिने उनले प्रतिवद्धता जनाए । ‘अहिले देशका लागि असल नेतृत्वको अहिले आवश्यक परेको छ यसैका लागि हामी गठबन्धन गरेर आएका हौं,’ उनले भने, ‘कास्की २ (क) मा मलाई विजयी गराउनुभयो भने यस क्षेत्रको नमुना बिकास गरेर देखाउने छु । बिजयका लागि मतदान गर्न अनुरोध गर्छु ।’

 

यसैगरी, कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले पोखरा ११ को विकासका लागि गठबन्धनलाई मत दिन आग्रह गरेका छन् ।

 

शनिबार मतदाताहरु सँगै भेट्दै थापाले गठबन्धनले नै स्थानीयको पिरमर्कालाई बुझ्ने र समाधान गर्ने हुँदा विकासका आयामहरुका लागि मत दिन आग्रह गरेका हुन् ।  ‘पोखरा ११ मा सडक, सिँचाई, सामाजिक भवन, शिक्षा, स्वास्थ्य र रोजगारीका थुप्रै समस्या छन् । जसमा केही काम हिजो पनि गरियो । अब पनि यहाँहरुले निर्वाचित गराउनुभयो भने गठबन्धन सरकारले नै विकास दिनेछ ।’,उनले भने । 

 

पोखरा ११ को कृषि सडकका लागि आफ्नै पहलमा एक करोड विनियोजन भएको उनले जानकारी गराए । काहुमा नै कृषि सडक राख्ने तयारी आफुले गरिरहेको भनाई उनको छ । बास खोला नियन्त्रण गर्दै बस्ती सुरक्षाका लागि समेत आवश्यक पहलकदमी गरिएको र संरक्षणमा लाग्ने प्रतिबद्धता उनको छ । 

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्